डाक्टर गोविन्द केसीले गरे तीनदिने सत्याग्रह घोषणा

काठमाडाैं | मंसिर २९, २०८०

डाक्टर गोविन्द केसीले गरे तीनदिने सत्याग्रह घोषणा फाइल तस्बिर

चिकित्सा क्षेत्र सुधारका लागि आफूहरूले गरेको मागको सुनुवाइ नभएको भन्दै डाक्टर गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने भएका छन्।

 

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह गर्ने जनाएका हुन्।

 

केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याइनुपर्ने र यसअघि सरकारले आफूहरूसँग गरेका सबै सम्झौता कार्यान्वयन हुनुपर्ने जनाएका छन्।

 

‘सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने, सय शैया भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरू गर्ने लगायतका सम्झौता भएका थिए,’ केसीले भनेका छन्, ‘ती कार्यान्वयन नभएकाले फेरि सत्याग्रह सुरू गर्न परेको हो।’

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्